काठमाडौं, ३० भदों–बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ फुटबल खेलाडी बनेका छन्। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर अर्थात (१४ अर्ब ८७ करोड नेपाली रुपैया) आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका हुन्। ११ करोड ७० लाख डलर वार्षिक आम्दानी गरेका यूभेन्टसका क्रिस्टियानो रोनाल्डो सूचीको दोस्रो स्थानमा परेका छन्।

यस्तै पेरिस सेन्ट जर्मेन पीएसजीका ब्राजिलियन स्टार नेयमार ९ करोड ६० लाख डलरसहित तेस्रो स्थानमा रहेका छन्। पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन्। एमबाप्पेको कमाई ४ करोड २० अमेरिकी डलर रहेको छ। लिभरपुलका मोहमद सलाह ३ करोड ७० लाख अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन्।

यस्तै ३ करोड ४० लाखसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैठौँ, ३ करोड ३० कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २ करोड ९० लाख डलरसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन्।​ बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २करोड ८० सहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २ करोड ७० लाख डलरसहित दशौँ स्थानमा रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *