काठमाडौं, ३० भदौं–इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ। गएराति भएको आफ्नो पहिलो खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोलले हराएको हो। जोर्गिन्होले २३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा चेल्सी १–० ले अघि रहेपनि ५४ औं मिनेटमा ब्राइटनका लिआन्द्रो ट्रोस्सार्डले गोल गर्दै खेल बरारी गरे। ५६ औं मिनेटमा रिस जेम्स र ६६ औं मिनेटमा कुर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए।

गएराति नै भएको अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० गोलले हराएको छ। उल्भ्सको जितमा राउल जिमिनेजले तेस्रो र रोमेन साइसले छैटौं मिनेटमा गोल गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *