भद्रपुर, ३० भदौ–प्रहरीले झापाको भद्रपुरस्थित पृथ्वीनगरको एउटा जुवा अखडामा हिजो साँझ छापा मारेको छ । सुराकी पाएर घटनास्थल पुगेको झापा प्रहरीले जुवा खालबाट ८४ हजार नगदसहित १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेहरुलाई पक्राउ गरेको हो ।

झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर–४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर–२ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर–६ का तुरुल राजवंशी छन् ।

प्रहरी टोलीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको छ । पक्राउ परेकालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको थापाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *