काठमाडौं, ३० भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकता खल्बल्याउने काम गरिरहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले लोहनीले एक टिभी अन्तर्वार्ताको क्रममा पार्टी एकताबारे एकपक्षीय रूपमा भ्रम सिर्जना गरेको भन्दै पार्टी एकताको भावना विपरीत भएको जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच ६ महिना अघि एकीकरण भएपनि यो पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्। सबै धर्मबीच एकता र राजासहितको प्रजातन्त्रमा हस्ताक्षर गर्दै मिलेका पार्टीबीच अहिले त्यसको बारेमा कुरा नमिलेपछि अझै दर्ता हुन नसकेको पार्टीका नेताहरुले बताउँदै आएका छन्। संघीय संसदमा राप्रपाको एक जना सांसद मात्रै रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *