काठमाडौँ, ३० भदौं–पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। ७ हजार २ सय ५० जना क्वारेन्टिनमा छन्।१ हजारभन्दा धेरै सक्रीय संक्रमित रहेको जिल्ला काठमाडौं मात्रै रहेको छ ।
त्यसैगरी ५ सय भन्दा धेरै सकेय संक्रमित रहेका जिल्लाहरुमा भक्तपुर, मोरङ, सुनसरी, रुपन्देही, चितवन रहेका छन् । त्यस्तै, संक्रमणवाट हालसम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
