काठमाडौं, ३० भदौं–निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार बनेका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले डा युवराज खतिवडालाई मन्त्रिसरहको सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।

करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो। यसबारेको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार दिएका छन्। ‘निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ’, ज्ञवालीले भने, ‘उहाँले मन्त्रिस्तरकै सुविधा पाउनुहुनेछ।’

राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ गते राजीनामा दिएका थिए। उनले राजीनामा दिएको १० दिनमै मन्त्रिसरहको नयाँ नियुक्ति पाएका हुन्। खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन्।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय आफैंले राख्‍ने चर्चा भइरहेका बेला डा खतिवडाले ‘छाया अर्थमन्त्री’ को भूमिका पाएका हुन्। ​

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *