दाङ, ३० भदौं–दाङमा करेन्ट लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० को उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए ।

तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *