एजेन्सी, ३० भदौं–के तपाईको पारिवारिक जीवन सुखी छैन ? श्रीमान् श्रीमतीबीच दिनहुँजसो बेमेल र झगडा हुन्छ ? यस्ता समस्या छन् भने पक्कै पनि मानसिक तनाव बढ्छ । यो तनावले बिस्तारै वैवाहिक जीवन नै तहसनहस हुन पनि सक्छ । तपाईंको परिवारमा यस्तो समस्या छ भने त्यसको समाधान तपाईसँगै छ, त्यो हो यौन ।
बैवाहिक जीवन सुखमय बनाउन र एक अर्कामा सुमधुर सम्बन्ध राख्ने यौनसम्पर्क सरल उपाय हो । यौन मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र होइन, मानसिक सुख पनि हो । यौनले दम्पत्तिलाई भावनात्मक रुपमा नजिक ल्याउँछ । कतिपय मानिसको बैवाहिक जीवन यौनकै कारणले सम्बन्ध बिच्छेदकै हदसम्म पुग्छ ।
लामो समय यौन सम्पर्क नगर्दा महिलालाई माया नगरेको अनुभूति हुन्छ भने पुरुषलाई भावनात्मक रूपमा टाढिएको अनुभूति हुन्छ । यो मनमुटाव बढ्दै गयो भने यो समस्याबाट मुक्ति पाउन गाह्रो हुन्छ । यस्तो समस्याबाट मुक्ति पाउन यी उपायहरू फलदायक हुन सक्छन् ।
पुरुषले के गर्ने ?
-एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने, अंकमाल गर्ने ।
-सँगै हुँदा तनाव नलिने ।
-श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर कुरा गर्ने ।
-सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने, झर्केर कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
-यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने, फोर प्ले गर्ने
-आरामले सेक्स गर्ने ।
-सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने ।
महिलाले के गर्ने ?
-यौन साथीलाई मनपर्ने खाना खुवाउने ।
-यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
-यौन साथीको नजिक बस्ने, खुसी हुने ।
-यौन साथीलाई मन नपर्ने कपडा नलगाउने ।
-यौन साथीका क्रियाकलापलाई सकारात्मक रूपमा लिने ।
-मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस गर्ने ।
-शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम प्रयोग गर्ने ।
-भविष्यको योजनाबारे कुरा गर्ने ।
-यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।
