काठमाडौं, ३१ भदौं–नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

यो भूकम्पको धक्का खोटाङ, भोजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ। काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हो। भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *