धरान, ३१ भदौं–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका सप्तरीको खडक नगरपालिका–२ का ३५ पुरुषको बुधबार बिहान ६ः१० बजे मृत्यु भएको हो। उनी मंगलबार प्रतिष्ठानमा भर्ना भएका थिए।

उच्च रक्तचाप र मिर्गौला रोगी ती पुरुषमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *