शिबगञ्ज, ३१ भदों–झण्डै दुई साताअघि कोरोना भाइरसबाट एक जनामा सक्रमण भएपछि झापाको शिबगञ्ज बजारलाई सिल गरिएको थियो । आज (बुधबार) दिउँसो शिबगञ्जस्थित शिबसताक्षी वडा नं ६ को वडा कार्यालयमा बैठकले भदौं १८ गतेदेखीको सिल खुलाउने या निरन्तर दिने सम्बन्धी निर्णय गर्ने भएको छ ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार जोखिम नियन्त्रण गर्नलाई सिल लगाइएको हो । वडाध्यक्ष काकीले वडा कार्यालयले आजको बैठकद्धारा दुई सातादेखीको सिल खुलाउने निर्णया गर्न सकिने बताए ।
खासगरी, लगातारको सिलसँगै शिबगञ्जमा बजार व्यवसाय पूर्णरुपले बन्द भएको छ । बजार सुनसान छ । सडक तथा चौकहरुमा मान्छेको कुनै गतिविधिहरु छैन् । लोकमार्गदेखी दक्षिणी क्षेत्रको व्यस्त र ठूलो बजारमा सिल हुदाँ आसपासका सर्वसाधरणहरुलाई शिबगञ्जमा आवत जावत गर्न समस्या भएको थियो ।

पूर्वपश्चिम लोकमार्गको दुधेहुदै दक्षिणी भारतिय सीमावर्ति गौरिगञ्ज गाउँपालिकाको वडा नं १ को माहाभारास्थित चौरी, कुञ्जिबारी, वडा नं २ को कोरोबारी र गौरादह नगरपालिकाको वडा नं ९ को बैगुनधुरासम्म जोड्ने सडक शिबगञ्ज बजार नै हो ।
बिर्तामोडस्थित एक बै्रकमा कार्यरत शिबगञ्जकी एक व्याक्तिमा भदौं १८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सो व्याक्तिमा संक्रमण पुष्टि भएसँगै वडा कार्यालय र नगर कार्यापालिकाले अलग अलग निर्णय गर्दै ििशबगञ्ज बजारलाई सिल गर्न र कोरोना भाइरसलाई नियन्त्रण गर्न निर्णय गरेको थियो ।
ििशबगञ्जस्थित शबसताक्षी–६ वडा कार्यालयले जोखिम नियन्त्रण गर्न पूर्वमा माई (कनकाई) नदी, पश्चिममा शान्ति चौकहुदै दक्षिणतर्फ शाखा नहर ३ का सडकहुदै शिबसताक्षी–५ को सिमाना, उत्तरतर्फ मकलडुब्बाको पुलबाट पूर्व माई (कनकाई) खोलासम्म र दक्षिणमा वडा नं ५ को सिमानासम्म आज भदौं १८ देखी लागूहुने गरी सिल गरिएको थियो ।

सो क्रममा संक्रमित व्याक्तिको परिवार र सम्पर्कमा आएका व्याक्तिहरुको स्वाव संङ्कलन गरिएको र त्यसबीचमा ११ जनाको कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।
