एजेन्सी, ३१ भदौं–योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२ मध्ये ३१४ मत पाएका छन्।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए।उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए। सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।

७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन्।आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए। सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्। पार्टीको चुनाव जितेपछि सुगाले आबेलाई धन्यवाद दिएका थिए।

म अकिताका एक किसानको जेठो छोराको रूपमा जन्मिएको थिएँ, सुगाले भने,कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र परम्परा र इतिहासका साथ म एलडिपीको प्रमुख बन्न सक्षम भएँ।

उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए। सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए। एजेन्सी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *