काठमाडौं, ३१ भदौं–बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसबारे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *