दमक, १ असोज–दमकमा आज थप एक महिलासहित पाँच पुरुष गरि ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा दमक अस्पतालकी कर्मचारीको परिवारका ४ जना सदस्य रहेका छन् ।
त्यस्तै, स्थानीय व्यापारीको परिवारका दुई जना रहेका छन् ।पुष्टि हुनेहरु सबै दमक-५का बासिन्दा हुन् । उनीहरुको गत मंगलबार स्वाव लिइ परीक्षणका लागि धरानस्थित विपी प्रतिष्ठान पठाइएको थियो । ६० जनाको पिसिआर परीक्षणको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण देखिएको दमक नगरपालिकाको स्वाथ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसारका अनुसार आज संक्रमित थपिएसंगै दमकमा संक्रमतिको संख्या १ सय ४३ पुगेको छ ।
यसरी संक्रमित हुनेमा ९७ पुरुष र ४४ महिला रहेका छन् । संक्रमित मध्ये १ सय १३ जना निको भइसकेका छन् भने १५ जना पुरुष र १५ जना महिला उपचाररत छन् ।
