काठमाडौं, २ असोज–राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा विधिबारे कुनै निर्णय नभएको जनाएको छ। विहिबार बोर्डले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आएका सबै परीक्षाबारे समाचार झुठा रहेको बताएको हो।

विज्ञप्तिमा भनिएको छ,‘कोभिड १९ का कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा रहेको सबैलाई अवगत छ। तथापि केही सञ्चार माध्यममार्फत आफू खुसी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण भइरहेकोले त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ।

बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय गरेको छैन।’ यस्ता भ्रामक समाचारमा विश्वस नगर्न बोर्डले सबै सरोकारवाला र विद्यार्थीलाई अनुरोध गरेको छ। ‘विद्यार्थी मुल्यांकनका विभिन्न विधिहरु हुन सक्छन,’विज्ञप्तिमा भनिएको छ,‘त्यसतर्फ छलफल चलिरहेको छ। परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णयसहितको परीक्षा तालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत हुने नै छ।’

बुधबार विभिन्न सञ्चार माध्यममा कक्षा १२ को परीक्षाको लागि कुल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाईन परीक्षा हुने लगायत विधिबाट परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको भन्ने समाचार सम्प्रेषण भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *