झिलझिले, ३ असोज–संविधान दिवसको अवसरमा झापाको शिवसताक्षीमा दीप प्रज्ज्वलन गरिएको छ । संविधान दिवसमा खुसीयाली बाढ्दै आज साँझ शिवसताक्षीको दूधे, भिलझिलेमा दीप प्रज्ज्वलन गरिएको छ ।
शिवसताक्षीको झिलझिलेमा शिवसताक्षी नगरपालिका वडा नं। ८ को कार्यालय र सतासीधाम जेसीजको संयुक्त आयोजनामा दीप प्रज्ज्वलन गरिएको थियो ।
दीप प्रज्ज्वलन कार्यक्रममा शिवसताक्षी नेकपा नगरअध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्र्रेसका नगर सभापति पर्शुराम ढुंगाना, वडा नं ८ का अध्यक्ष केयरसिंह बस्नेत र सतासीधाम जेसीजका अध्यक्ष कुमारसिंह साँवा संविधान जारी गर्न गरिएको यागदानको चर्चा गरेका थिए ।
त्यस्तै, नेपाल विद्यार्थी संघ शिवसताक्षीले दूधेमा आज साँझ दीप प्रज्ज्वलन गरेको छ ।
कार्यक्रममा नेविसंघ पूर्व जिल्ला सचिव विनोद खरेल, नेविसंघ नगर सभापति दिवस बाँस्कोटा, नेविसंघ शिवसताक्षी उपसभापति रविन घिमिरे, नेपाली कांग्रेसका जिल्ला सदस्य रतन थिङलाबो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
