शिबगञ्ज, ३ असोज–झापाको शिवसताक्षी–६ को शिवगञ्ज बजारमा शनिबार सरसफाई गरिएको छ । संविधान दिवसका अवसरमा शिबगञ्ज बजार सरसफाई गरिएको हो ।

झापा क्लिन एण्ड ग्रीन प्राईभेट लिमिटेडको आयोजना तथा नगरपालिका वडा नम्बर ६ को कार्यालय, ईलाका प्रहरी कार्यालय शिवगञ्ज , उद्योग बाणिज्य संघ र हामी छौँ सामाजिक संस्थाको सहकार्यमा बजार सरसफाई गरिएको हो ।

शिवगञ्जमा कोरोना संक्रमण दर उच्च हुनथालेपछि एक साता बजार सिल गरिएको थियो । तर, हिजो बसेको नगरकार्यापालिकाको बैठकले नगर भित्रका बजार खुल्ला गरेपछि आज बजार सरसफाई गरिएको हो ।

बिश्व सरसफाई दिवसको अवसमा नगरकै पुरानो र ठुलो व्यवसायिक बजारको रुपमा रहेको शिवगञ्जको धरहरा चोक हुँदै शिवगञ्ज बजार सम्म सरसफाई गरिउको थियो ।

बजार वरपर भएका प्लाष्टिक जन्य तथा अन्य फोहोरहरु संकलन गरी स्थानीय व्यापारीहरुलाई सचेना समेत प्रदान गरीएको क्लिन एण्ड ग्रीन प्राईभेट लिमिटेडका अध्यक्ष तथा कार्यक्रम संयोजक भिम बोहोराले बताए ।

शिल खेलिएसँगै मानिसहरुको चहलपहल बढ्ने भएकोल पनि बजार सरसफाईको कार्यक्रम गरिएको बोहोराको भनाई छ ।

सरसफाई कार्यक्रममा शिवसताक्षी नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष मनोज कार्की, उद्योग बाणिज्य संघ शिवसताक्षीका अध्यक्ष भोला मैनाली, समाजसेवी चनद्रमणी पौेडेल, लगायतको सहभागीता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *