दुधे,३ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्चले संविधान पुर्नलेखनको माग राख्दै झापाको शिवसताक्षीस्थित दुधेमा आज शनिवार विरोध प्रर्दशन गरेको छ ।

हरेक बर्ष असोज ३ संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको मञ्चले नेपालको संविधान २०७२ले सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायलाई समानुपातिक समावेशी रुपमा समेट्न नसकेको साथै संघीयतामा नक्साकंन गर्दा पहिचानको आधारमा १०ं१ प्रान्तहरु बनिनु पर्ने माग सार्दै विरोध स्वरुप कालो झण्डा देखाएर प्रर्दशन गरेको छ ।

त्यस अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्,मञ्चका उप–महासचिव तथा झापा जिल्ला इन्चार्ज भानु भट्टराईले देश संघीयतामा गईसकेपछि त्यस देशमा बस्ने सबै जातीहरुलाई राखी गोलमेच सम्मेलन गरी संविधानमा छुटेका कुराहरुलाई समेट्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले उत्पीडित जाति वर्गको हक अधिकार नै सुनिश्चित नभएको संविधान मान्नुको कुनै औचित्य नरहेको बताए ।

कार्यक्रममा झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका झापा जिल्ला सचिव राजा आङ्थुपोले गरेका हुन् ।

मञ्चले पूर्वका विभिन्न जिल्लाका शहर , वजारमा आज एकैसाथ त्यसै किसिमको विरोधका कार्यक्रम गरिएको मञ्चका केन्द्रीय उपमहासचिव दिलकुमार लाओतीले वताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *