काठमाडौं, ४ असोज–पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ।

आज बिहान तीन बजे तिर नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको गजुरी ट्राफिक प्रहरी प्रमुख नेत्र भट्टले जानकारी दिए। ‘यो घटना तीन बजेतिर भएको अनुमान छ।

त्यही बेलादेखि नदीको बीच भागमा भएको ट्यांकरमा आगो बलिरहेको छ,’ उनले भने, ‘यो ट्यांकर हो भन्ने चाहिँ पक्का भयो। यसले हवाई इन्धन, डिजेल, पेट्रोल के ल्याएको थियो। नम्बर कति हो केही खुलेको छैन।’

ट्यांकरका चालक पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। यसबारे थप विवरण आउन बाँकी छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *