काठमाडौं, ४ असोज–इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ। युएईको अबुधाबीमा शुरु आइपिएल १३ औं संस्करणको पहिलो खेलमा गएराति साविक विजेता मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो। शेख जायद स्टेडियम दुबईमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।

चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले। साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोडे। मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डेय र राहुल चाहरले १र१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए। केइरन पोलार्डले १८ रन जोडे।

यस्तै कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादव १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए। चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २–२ विकेट लिए भने साम करण र पियुस चावालाले एकएक विकेट लिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *