बिर्तामोड, ४ भदौ–नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिनभित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ ।

कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने अल्टिमेटम सहित विज्ञप्ति जारी गरेको हो ।

आइतवार झापा सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापाका सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्ट्रचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीले झापाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको प्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-‘निजी शिक्षण संस्थालाई सरकारी ‘लुटेरा जनप्रतिनिधि’हरुले हरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिएको छ यो तुरुन्त बन्द गरियोस् ।’

विप्लव माओवादीले तीन वटा वुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैंक तथा वित्तीय संस्थाहरुले मध्यम वर्गीय गुजारा मुखी व्यवसायहरुलाई किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गरेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।

विप्लव माओवादीले आफ्ना मागको विषयमा गम्भीर बन्न आग्रह गर्दै जनताको हितमा काम नगरे नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले कडा जनकारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *