विराटनगर, ५ असोज–मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफनै पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राई जानकारी दिए।

प्रहरीका अनुसार सिता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन्। उनी माछालाई चारो हाल्न गएका र दुवै छोरी पोखरीमा पौडी खेल्न पसेका र डुबेपछि आमा निकाल्न जाँदा आमाको पनि मृत्यु भएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए।

हिजो साझँसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्य खोजी गर्ने क्रममा पोखरीभित्र शव फेला परेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *