काठमाडौं, ६ असोज–विश्व नम्बर एक नोभाक जोकोभिकले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। अर्जेन्टिनाका डिएगो स्वर्जमेनलाई पराजित गर्दै सर्बियन जोकोभिकले ३६ औँ मास्टर्स टेनिसको उपाधि जितेका हुन्।
यूएस ओपनमा अयोग्य घोषित भएका जोकोभिकले यो प्रतियोगिताको उपाधि २–० को सेटमा जिते। जोकोभिकले डिएगोलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन्।
एटीपी मास्टर्स टेनिसको उपाधि सबैभन्दा धेरै पटक जित्ने जोकोभिक पहिलो खेलाडी बनेका छन्। उनले आगामी हप्ता सुरु हुने फ्रेन्च ओपन टेनिसको तयारीलाई पनि तीब्र पारेका छन्।
