काठमाडौं, ६ असोज–कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५९ हजार ११६ संक्रमितको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७२ हजार ५८५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।
