काठमाडौं, ६ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो । मन्त्रिपरिषद बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिएका छन् । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रक्रियाका बारेमा छलफल हुनेछ ।

यसैबीच, मंगलबारै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ ।

आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भए पनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो । नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाँकी काम लगयतबारे छलफल गर्ने कार्यसूची छ ।

आइतबारबाट शुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्ययोजना छ । आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *