विराटनगर, ६ असोज–प्रदेश १ का दुई स्थान खोलामा डुबेर दुईजनाको ज्यान गएको छ ।
मोरङ जहदा १ का १७ वर्षीया रानी ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली त्यहाँ पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै संखुवासभाको चैनपुर नगरपालिका ४ का ७६ वर्षीय बुद्विबहादुर लिम्बूको खोलामा डुबेर मृत्यु भएको छ । बतासेबाट घरतर्फ आउँदै गर्दा उनलाई झुत्रे खोलाले बगाएको थियो ।
