झापा, ६ असोज–झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक जना कैदीसहित ९ जना महिला र ११ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा दमक-४, ५, ७, ८ का ६ महिला, ९ पुरुष गरि १५ जना, मेचीनगर-३ का २ महिला, १ पुरुष गरि ३ जना, भद्रपुर-१ का १ जना पुरुष र कमल गाँउपालिका वडा नं ७ की एक महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । जसमा मेचिनगरका एक जना भारबाट आएका र अन्य सबै स्थानीय रहेका छन् ।

थपिएका संक्रमितहरुमा भद्रपुरका एक जना कारागारका कैदि रहेको र मेचीनगरमा संक्रमण पुष्टि भएका एक जना इलाम ठेगाना भएको चम्लागाईले बताए ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ८१३ पुगेको छ भने डिस्र्चाज हुनेको संख्या ७२२ पुगेको छ । हालसम्म झापामा सक्रिय संक्रमितको संख्या ९९ छ भने कोरोनाबाट झापाका ४ जनाको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *