काठमाडौं, ६ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । आज ८२३ जना निको भएका छन् ।
हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ ।
