हेटौंडा, ७ असोज–मकवानपुरको मनहरि गाउँपालिकामा १०४ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार बिहान मनहरि–६ स्थित लोथर खोलाको बगरबाट उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ का २६ वर्षीय रुप खड्का ठकुरी, ३० वर्षीय टलकबहादुर घलान र २७ वर्षीय मदन कोइराला रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। प्लास्टिकको बोरामा भारी बनाइ बोकेर लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रण गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *