काठमाडौं, ७ असोज–अहिले देशभरको मौसम बदली भई पानी परिरहेको छ। धेरै स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलले बेलुकीसम्मै देशभरको मौसम यस्तै रहने संभावना रहेको बताइन्।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र बनेका कारण त्यसको असर नेपालमा पनि परेको महाशाखाले जनाएको छ। कम्तिमा पनि आगामी शुक्रबारसम्म मौसममा सुधार नआउने मौसमविद् कँडेलले जनाइन्। नेपालमा सामान्यतः जुन १० तारिखमा सुरु भएको मनसुन सेप्टेम्वर २३ मा सकिने भएपनि यस वर्ष दस दिनसम्म लम्बिन सक्ने महाशाखाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *