काठमाडौं, ७ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
बुधबार थप एक हजार ८९३ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।
