काठमाडौं, ७ असोज–नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको ज्यान गएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट पछिःल्लो २४ घण्टामा ७ जनाको। ज्यान गएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र ६ पुरुष छन् ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका २–२ जना रहेका छन् भने झापा, सिरहा र ललितपुरका १–१ जना छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत ०.६४ रहेको छ ।
