विराटनगर, ७ असोज–कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुष बृद्धको मृत्यु भएको छ। झापा, भद्रपुर-१० स्थायी ठेगाना भएका ८६ वर्षीय बृद्ध पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो। उनी ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना भएका थिए।
उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो। यससँगै प्रदेश १ मा हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ। जसमा १७ महिला र ४० जना पुरुष रहेका छन्।
