काठमाडौं, ८ असोज–स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा ७ जनाको मृत्यु छ। वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडका अनुसार पहिरोमा पुरिएका १० जना मध्ये ७ जनाको शव निकालिएको, दुई जना बेपत्ता रहेको र एक जनाको जिवितै उद्दार गरिएको जानकारी दिए।
बेपत्ता भएका ९ जना मध्ये दुई जनाको खोजी जारी रहेको छ। उनीहरुको डोजरको प्रयोग गरेर खोजी भइरहेको खाँडले बताए। एक जनाको भने जिवितै उद्धार गरिएको छ। यस्तै गएराति नै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए। उनका अनुसार राति २ बजेको समयमा पहिरो आउँदा अरु भने जोगिएर उम्कन सफल भएका थिए।
