काठमाडौं, ८ असोज–रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको निधन भएको छ। अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो।

भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए। यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो।

असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको डाक्टर खनालले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *