काठमाडौं, ८ असोज–भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार २० पुगेको छ ।

पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । भारतमा हालसम्म ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८५ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *