काठमाडौं, ८ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आज ४५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।
