दमक, ८ असोज–कोरोना संक्रमणका कारण झापामा एक जना वृद्धको ज्यान गएको छ । यससंगै एक महिनायता जिल्लामा आजसम्म संक्रमणका कारण छ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म झापाका छ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापाको दमकका एक जना पुरुषको काठमाडौँमा मृत्यु भएको थियो । उनी झापामा ज्यान गुमाउने पहिलो संक्रमित हुन् । कमल गाउँपालिकाका ८३ वर्षीय बृद्धको पनि भदौ १२ मा कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

झापाको सुरुङ्गाकी ४५ वर्षीया महिलाले पनि भदौ २१ गते ज्यान गुमाएकी छन् । तीन दिनअघि मेचीनगर–८ की ७२ वर्षीया महिला र हिजो मात्रै भद्रपुर–१० का एक जना बृद्धको ज्यान गएको छ । त्यस्तै, आज झापा गाउँपालिकाका एक जना वृद्धले ज्यान गुमाएका छन् ।
तीन दिन अघिदेखि ज्वरो आएका झापा गाउँपालिका वार्ड नं ६ का ती ७८ बर्षिय बृद्धको बिहीबार बिहान उनकै घरमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन चौलागाईंले जानकारी दिए।

चौलागाईंका अनुसार सास फर्न गाह्रो भएपछि उनको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो। रिपोर्ट नआइ बिहीबार बिहान उनको मृत्यु भएको चौंलागाईंले जानकारी दिए। उनको रिपोर्ट भने केही समय अघि मात्र आएको हो। रिपोर्टमा कोरोना भाइरस पोजिटिभ देखिएको चौंलागाईंले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *