दमक, ८ असोज–झापाको कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थायी कोभिड -१९ अस्पताल असोज दोस्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ ।

गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन कोभिड-१९ अस्पतालको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भईरहेकोले यही असोज दोस्रो साता देखि सञ्चालनमा आउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

अस्पतालमा तत्काल ५ वेडको आईसोलेसनसहित सञ्चालनमा आउने र तीन महिना पछि कार्यप्रगतिको आधारमा थप गर्दै लगिने गाउँपालिकाले जनाएको छ । हाल गाउँपलिकाको वडा नम्वर ३ मा रहेको क्वारेन्टाईन समेत यसै अस्पतालबाट सञ्चालन गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड-१९ अस्पताल सञ्चलन गर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याउन लागेको गाउँपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनकालागी तत्काल एमविविएस डाक्टर १ जना स्टाफ नर्स २ जना र कार्यालय सहयोगी १ जना नियुक्ति भैसकेको र आवश्यक परेमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने अधिकृत श्रेष्ठले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *