दमक, ९ असोज–झापाका १२ सहित प्रदेश १ मा आज कोरोना भाईरसका ८५ जना नयाँ संक्रमित थपिएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो। जसमा २० महिला र ६५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार मोरंगको विराटनगर महानगरपालिकामा ८ महिला १६ पुरुष, बुढीगंगा गाँउपालिकामा ५, बेलबारी नगरपालिका र धनपालथान गाँउपालिकामा समान ३, मिक्लाजुङ गाँउपालिका, सुन्दरहरैचा नगरपालिका, उर्लाबारी नगरपालिका, जहदा गाँउपालिका, कानेपोखरी गाँउपालिकामा समान १ पुरुष र रंगेली नगरपालिकामा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा २ महिला १३ पुरुष, दुहबी नगरपालिकामा९२ महिला २ पुरुष, इनरुवा नगरपालिकामा १ महिला २ पुरुष, बर्जु गाँउपालिकामा १ महिला १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। झापाको भद्रपुर नगरपालिकामा १ महिला ९ पुरुष, विर्तामोड र दमक नगरपालिकामा १,१ महिलामा समेत संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, ताप्लेजुङको फुङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले प्रष्टाएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ।

अर्कोतर्फ, प्रदेशमा शुक्रबार ३८ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। मोरङको रंगेली नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्दबाट ९, सुनसरीको गढी आइसोलेसन केन्द्रबाट ८, होम आईसोलेसनबाट ८, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६, विराटनगरकै न्यूरो अस्पतालबाट ४, झापाको मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *