काठमाडौं, ९ असोज–चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना, साउन र भदौको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल आयात भएको छ।

साउन महिनामा सबभन्दा बढी डिजेल आयात भए पनि भदौमा मोबाइल आयातले उछिनेको हो। यसअघि, सबभन्दा धेरै आयात हुनेमा डिजेल नै अग्रस्थानमा थियो।

तर कोरोना महामारीपछि भने मोबाइल आयात बढेको। एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालयको काम गर्दा मोबाइलको माग बढेको जानकारहरू बताउँछन्।

उच्च माग भएकाले पछिल्लो समयमा बजारमा मोबाइल अभाव समेत भएको व्यापारीहरू बताउँछन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *