एजेन्सी (काठमाडौं), १० असोज–युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका थिए ।
