काठमाडौं, १० असोज–कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा कार्यरत बझाङका सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो। असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जानकारी दिएको छ।

असोज ८ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु भएका सैनिकको संख्या २ पुगेको छ। हालसम्म २ हजार १ सय ९७ सैनिकमा कोरोना पुष्टि भएको र ६ सय ४१ जना कोरोनामुक्त भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *