बाँके, १० असोज–बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका ५२ वर्षीय क्याम्पस प्रमुख बिनोद अग्रवालको कोरोनाका कारण मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बर्दियाका ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पनि कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका प्रमुखको कोरोनाका कारण निधन भएको बताएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *