काठमाडौं, १० असोज–आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ।

किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ुस्लो ओभरु गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको छ।

कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो।

आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लङघन’सँग सम्बन्धित नियमअनुसार कोहलीमाथि जरिवाना गरिएको हो।

दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए। राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहदा कोलहीले क्याच मिस गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *