राजु पोख्रेल दमक, १० असोज–झापाको बिर्तामोडमा रहेको सिम्रिक सहकारी संस्थासँग एकिकरण भएको दमकको चेतनशिल सहाकारी संस्थाका पुर्वसञ्चालक समिति सदस्यहरुबीच आज दमकमा भेटघाट, अन्तरक्रिया, समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

लामो समयदेखी लकडाउनले संस्थागत भेटघाट तथा अन्तरक्रिया नभएको भन्दै सिम्रिक सहकारी संस्थाले चेतनशिल सहकारी संस्थाका पुर्वसञ्चालक समितिका पदाधिकारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले सिम्रिक सहकारी संस्थालाई दमकमा समेत लोकप्रिय र स्थापित बनाउन चेतनशिल सहकारी संस्थाका पुर्व सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकार र शेयर सदस्यहरुको सहकार्य र एकता हुन आवश्यक रहेको औल्लाए ।

चेतनशिल सहकारी संस्थाका पुर्व उपाध्यक्ष एबम् हालः सिम्रिक सहकारी संस्था ऋण उपसमितिका सदस्य नविन योगीले दमकमा चेतनशिल सहकारी संस्थाले वित्तिय कारोबार सम्बन्धी देखाएको योगदानलाई आत्मासाथ गर्दै आगामी समय सिम्रिक सहकारी संस्था मार्फत अघि बढ्ने र त्यसका लागि चेतनशिल सहकारी संस्थाका पूर्व सञ्चालक समितिका पदाधिकारी र सदस्यहरु लाग्नुपर्नेमा जोड दिए ।

योगिले दमकस्थित सिम्रीक सहकारी संस्था दमक सेवा केन्द्रलाई सर्वाेत्कृष्ट सेवा केन्द्र बनाउन चेतनशीलमा नेतृत्व गरेका सम्पुर्ण सदस्यहरुलाग्नु पर्ने बताए । हिजो चेतनशील सहकारी संस्थाहुदा जसरी एक जुट भएर काम गरिएको थियो त्यसैगरी सिम्रीक सहकारी संस्थालाई अघि बढाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान र भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ज्ञानबहादुर योगिको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा चेतशिल स्थापनादेखि हालसम्म सस्थालाई सहयोग गर्दै आउनु भएका भद्रपुर निवासी बिर्तामोड नगरपालिकाका सहकारी तथा समाजिक शाखा अधिकृत डिल्ली दाहाललाई सम्मान गरिएको थियोे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *