एजेन्सी, १० असोज–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनविरुद्ध पुनरागमन जित निकालेको छ । शनिबार साँझ ब्राइटनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ३-२ को पुनरागमन जित निकालेको हो ।

पाहुना टोली युनाइटेडको जितका लागि मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । ब्राइटनका लागि नेअल माउपे र सोली मार्सले एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा घरेलु टोली ब्राइटनले अग्रता लिएको थियो । युनाइटेडका खेलाडीले पेनाल्टी क्षेत्रभित्र ब्राइटनका मिडफिल्डर टारिक्यु लाम्पटेलाई लर्डाएपछि आएको पेनाल्टी माउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट नबित्दै खेल बराबरीमा आयो ।

खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी क्षेत्र नजिकैबाट गरेको फ्री–किक प्रहारमा म्याटिचले गरेको स्वीचबल गोलरक्षकले क्लियर गरेको बललाई डिफेन्डर लेविस डङ्कले पुनः क्लियर गर्न खोज्दा आत्मधती गोल भएको थियो ।

५२ औं मिनेटमा रासफोर्डले गोल गरेका थिए । तर, रेफ्रीको भिआरको सहायताबाट अफसाइड दिँदै गोल मान्यता दिएनन् । त्यसको तीन मिनेट नबित्दै रासफोर्डले नै गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । उनले फेर्नान्डेजको पासमा गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा जहानबाख्सको पासमा मार्सले गोल गर्दै खेल खेल २–२ को बरारबी ल्याए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा ब्राइटनका डिफेन्डरले ह्यान्ड गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा फेर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए ।

यस जितसँगै युनाइटेडले लिगमा पहिलो जित निकाल्दै तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेसँग ३–१ गोलले पराजित भएको छ । यता ब्राइटनको भने यो दोस्रो हार हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *