विराटनगर, ११ असोज–कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा गएराति एक कोरोना संक्रमतिको मृत्यु भएको छ। झापाको कन्काई–९ का ४७ वर्षीय पुरुषको कोभिड अस्पताल ल्याइपुर्याउन साथ राति पौने ११ बजे मृत्यु भएको अस्पतालका संयोजक डा दिपक सिग्देलले जानकारी दिए।

डाक्टर सिग्देलका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि ति पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। झापामा उपचाररत रहँदा अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि गएराति विराटनगर ल्याइएको सिग्देलको भनाइ छ।

तर, उपचारका लागि आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दा झार्दै संक्रमितको मृत्यु भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *