नयाँ दिल्ली (एजेन्सी), ११ असोज–भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ३ हजार ९३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३ हजार ३७९ पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालमा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *