उर्लाबारी, ११ असोज–नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नकुमार वान्तवाको जीवनमा आधारित चलचित्र निर्माता/निर्देशक प्रेम शेर्मा ‘मांगजावुंगे’ निधन भएको छ । पक्षघात र उच्च रक्तचापका कारण सिकिस्त विमारी भएका शेर्माको निजि निवास उर्लाबारी-७ मा ६० बर्सको उमेरमा निधन भएको हो ।

उंनलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल लगिएपनि सो अस्पतालले डिस्चार्ज गरेपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।

प्रगतिशिल चलचित्र ‘देउमाइको किनारमा’ का निर्माता निर्देशक प्रेम शेर्माको आज २ बजे स्थानिय सुनझोडामा अन्तेष्ठि गरिने सुरेन्द्र शेर्माले जानकारि दिएका छन ।

पाचथर माङजाबुङका मुलबासि भएकै कारण उनले नामको थरको पछि माङजाबुङे जोडेका थिए । यहि उपनामले कुनै बेला चिनिएका प्रेम शेर्मालाई आजको पुस्ताले बिरलै चिन्थे ।  चिनोस पनि कसरि ! माङजाबुङेका सिर्जनाका बर्सौदेखि हराएको थियो ।

सधै डायरि र कुनै न कुनै कृति हातमा च्यापेर लखर–लखर हिड्ने माङजाबुङे पक्षघातले थलिएको आधा दसक बितिसकेको थियो । उनले चेतनाको लहर, लिम्बुवान जस्ता अलग धारका चलचित्र र याक्खा भाषाको छालुम्मा चलचित्रको पनि निर्देशन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *